सोसिडाडलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

रियल सोडिसाडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबर राति भएको खेलमा सोसिडाडलाई २–१ले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

३० खेलमा ६५ अंकका साथ बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानम उक्लिएको हो । बार्सिलोनाको पनि ६५ अंक नै छ, तर उ हेड टु हेडमा पछि पर्‍यो । ४७ अंकका सथा सोसिडान छैठौं स्थानमा छ ।

रियलको जितमा कप्तान सर्जियो रामोस र करिम बेन्जिमाले गोल गर्दा सोसिडाडका मिकेल मेरिनोले गोल गरेका थिए । खेलमा तीनवटै गोल दोस्रो हाफमा सम्भ भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ५०औं मिनेटमा रियलले अग्रता लियो । स्ट्राइक भिनिसियस जुनियरलाई डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा रामोसले गोल गरेका थिए । ७०औं मिनेटमा फ्रेडेरिके भाल्भार्डेको पासमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

त्यसको ठीकअघि सोसिसाडले पनि गोल गरेको थियो । तर, उक्त गोल भारमार्फत अफसाइड दिइएको थियो । ८३औं मिनेटमा मेरिनोले गोल गर्दै सोसिडाडलाई खेलमा फर्काउने प्रयास गरे, तर त्यसपछि कुनै गोल नहुँदा रियल २–१ले विजयी भयो ।

खेलमा बल पोजेसन भने सोडिसको राम्रो थियो । उसले ५१ प्रतिशत पोजेसन बनाएको थियो । उसले रियलको पोस्टमा ११ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो । यता, रियलले भने ९ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *