प्रि–सिजन टुरमा रियलको लगातार दोस्रो जित

स्पेनिस क्लब रियल मड्रिडले प्रिसिजन टुरमा लगातार दोस्रो जित हात पारेको छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा रियलले इटालियन क्लब रोमालाई २–१ पराजित गरेको हो ।

नयाँ सिजनको तयारीमा रहेको युरोपियन च्याम्पियन रियललई मार्को एसेन्सिओले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । ग्यारेथ बेलले खेल १५औं मिनेटमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । रोमाका लागि केविन स्ट्रोटम्यानले ८३औं एक गोल फर्काए ।

प्रिसिजल टुरमा अमेरिकामा रहेको रियलको यो लागतार दोस्रो जित हो । प्रिसिजन टुरमा तीन खेलेको रियलले पहिलो खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो । उसले दोस्रो खेलमा इटालियन च्याम्पियन युभेन्टसलाई ३–१ले पराजित गरेको थियो । ।

रोबर्ट ग्रीन चम्कँदा चेल्सी विजयी
प्रि–सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन कपमा इंग्लिस क्लब चेल्सीले लियोनलाइ पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले लियोनलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको निर्धारित सयम गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा चेल्सीलाई जिताउन दोस्रो हाफमा मैदान छिरेका गोलकिपर रोबर्ट ग्रीनले महत्वपूर्ण भूमिका खेले । उनले लियोनको एक पेनाल्टी बचाउँदै चेल्सीलाई प्रिसिजनको अन्तिम खेलमा जित दिलाए । चेल्सीले हडल्र्सफिल्ड टाउनसँग शनिबार खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।

लिभरपुलको प्रभावशाली जित
इंग्लिस क्लब लिभरपुलले प्रि–सिजन टुरको सुखद् अन्त्य गरेको छ । लिभरपुलले प्रि–सिजन टुरको अन्तिम खेलमा टोरिनोलाई ३–१ ले पारजित गर्दै प्रि–सिजन टुरको सुखद् अन्त्य गरेको हो ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा फिर्मिनोको गोलबाट अग्रता लिएको लिभरपुलाई २४ औं मिनेटमा विज्नल्डमले गोल गर्दै २–० को अग्रता दिलाएका थिए भने ८४औं मिनेटमा स्टुरिजले गोल गरेका थिए । टोरिनोका लागि ३१ औं मिनेटमा टोरिनोका एन्द्रिया बेलोट्टीले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP