भ्यालेन्सियालाई हराउँदै रियल सुपरकपको फाइलनमा

स्टार खेलाडीहरू ग्यारेथ बेल, करिम बेन्जिमा र इडेन हाजार्डबिना नै मैदानमा उभिएको रियल मड्रिड स्पेनिस सुपरकपको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ले हराउँदै रियल सुपरकप उपाधि नजिक पुगेको हो ।

रियल जित मिडफिल्डरको नाममा रह्यो । उसका लागि टोनी क्रुस, लुका मोड्रिच र इस्को गोल गरेका थिए । भ्यासलेन्सियाका ड्यानिअल परेजोले गोल गरेका थिए । भ्यालेन्सियाविरुद्ध रियलले बेल र बेन्जिमालाई आरामा दिएको थियो भने हाजार्ड भने घाइते रहेकाले खेलमा उपलब्ध हुन नसेका हुन् ।

जर्मन मिडफिल्डर टोनी क्रुसले १५ औं मिनेटमै गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३९औं मिनेटमा इस्कोले भली गोल गरेपछि पहिलो हाफमा रियलले २–०को अग्रता लियो ।

६५औं मिनेटमा लुका जोभिकको पासमा मोड्रिचले गोल गरेपछि रियलले ३–०को अग्रता लियो । तर, खेलको अन्त्यतिर भ्यालेन्सियाले पनि एक गोल फर्कायो । इन्जुरी समयमा रियलका कप्तान सर्जियो रामोसले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भ्यालेन्सियाका कप्तान परेहोले गोल गरेका थिए ।

अब रियलले उपाधिका लागि बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग शनिबार खेल्ने छ ।

यही संस्करणबाट स्पेनिस सुपरकपको स्वरुपा परिवर्तन भएको छ । यसअघि सुपरकपको उपाधिका लागि ला लिगा विजेता र कोपा डेल रे विजेता भिड्थे । तर, यसपटकबाट सुपरकपमा ला लिगाका शीर्ष २ र कोपा डेलरेका २ दुई फाइनलिस्ट टिम गरी ४ टिम सहभागी हुन् छन् ।

सोही अवसार बार्सिलोना, रियल, भ्यालेन्सिया र एट्लेटिको मड्रिडले सुपरकप खेलेको छ । एट्लेटिको मड्रिडले भने लिगमा तेस्रो भएर पनि सुपरकप खेल्ने अवसर पायो । बार्सिलोनाले लिग जितेको र कोपा डेल रेको पनि फाइलन पुगेकाले एट्लेटिकोले अवसर पाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.