भिनिसियस र बेन्जिमा चम्किँदा रियलको जित

Read Time:2 मिनेट

ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियर र फ्रेन्च भेट्रान स्ट्राइकर करिम बेन्जिमा चम्किएपछि स्पेनिस ला लिगमा रियल मड्रिड विजयी भएको छ। भिनिसियस र बेन्जिमा चम्किएको खेलमा रियल मड्रिडले घरेले मैदानमा भ्यालेन्सियामाथि ४–१को जित निकाल्यो ।

सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलको जितमा भिनिसियस र बेन्जिमा दुवैले समान २ गोल गरे भने भ्यालेन्सियाका गोन्काले गुडेसले गोल गरेका थिए। खेलमा पहिलो हाफमा १ तथा दोस्रो हाफमा ४ गोल भएको थियो।

खेलमा पहिलो हाफको अन्त्यतिर रियलले अग्रता लियो। कार्लोस कासेमिरोलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा ४३औं मिनेटमा बेन्जिमाले गोल गरेका थियो । यो गोल रियलका लािग बेन्जिमाको ३ सयौं गोल हो। योसँगै उनी सर्वाधिक रियलको सर्वाधिक गोलकर्ताको समूहमा क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डि स्टेफानोपछि चौथो स्थानमा छन् ।

दोस्रो हाफमा ११ मिनेट अन्तरमा भिनिसियसले २ गोल गरेपछि रियलले ३–०को सहज अवस्थामा आयो । भिनिसियसले ५२ र ६३औं मिनेटमा गोल गरेका थिए । जारी सिजन उत्कृष्ट फर्मममा रहेका उनले े ला लिगमा १२ गोल गरेका छन् भने १४ गोल गरेका छन्।

७६औं मिनेटमा भ्यालेन्सियाले गोल फर्कायो । रियलका फोर्लान मेन्डीले डिबक्समा हाउल गरेपछि प्राप्त पेनाल्टीमा गुडेसको प्रहार थिवो कोर्टुवाले रोकेका थिए । तर, रिबाउन्डमा हेडिङमार्फत उनले नै गोल गरेका थिए । त्यसपछि ८८औं मिनेठमा मेन्डीको पासमा बेन्जिमाले गोल गरेपछि रियलले ४–१ जित निकाल्यो ।

यो जितसँगै रियलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। रियलले २१ खेलबाट ४९ अंक जोडेको छ। दोस्रो स्थानको सेभियाको १९ खेलमा ४१ अंक छ । भ्यालेन्सिया भने २८ अंकका साथ नवौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आर्मीले एनआरटीलाई हरायो
Next post अग्रता जोगाउन नसक्दा रोकियो बार्सिलोना
Close