इबारविरुद्ध रियलको सानदार जित

स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगाका सानदार जित निकालेको छ । शनिबार इबारको मैदानमा भएको खेलमा रियलले ४–०को एकपक्षीय जित निकालेको हो । रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे भने कप्तान सर्जियो रामोस र फेडेरिको भाल्भार्डेले पनि १–१ गोल गरे ।

यो फराकिलो जितसँगै रियलले फर्ममा फर्किएको संकेत दिएको छ । गत बुधबार मात्र च्याम्पियन्स लिगमा गालातासारेविरुद्ध ६–०को जित निकालेको रियलले इबारविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । सबैखाले प्रतियोगितामा गरी रियलको यो लागतार पातौं ‘क्लिन सिट’ हो । रियलले ला लिगामा रियल मालोर्कासँग १–०ले पराजित भएयता गोल खाएको छैन ।

१२ खेलमा ७ जित, ४ बराबरी र १ हार बेहोरेको रियलको २५ अंका भएको छ । बार्सिलोनासँग अंक बराबरी भएपनि गोल अन्तरमा पछि पर्दै रियल दोस्रो स्थानमा छ । २३ अंक जोडेको रियल सोसिडाड तेस्रो, समान २१ अंक जोडेका एट्लेटिको मड्रिड र सेभिया क्रमशः चौथो र पाचौं स्थानमा छन् ।

खेलमा रियलले १७औं मिनेटमा बेन्जिमाको गोलमा सुरुवाती अग्रता लिएको थियो । लगत्तै ९ मिनेटमा अन्तरमा रियलले २ पेनाल्टी पायो र खेलमा ३–०को अग्रता लियो । २०औं मिनेटमा रामोसले गोल गरेपछि २९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गरे ।

पहिलो हाफमा ३–०को अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो । ६१औं मिनेटमा लुका मोड्रिचको पासमा भाल्भार्डेले गोल गरेपछि रियलले खेल एकपक्षीय रुपमा ४–०ले जित्यो ।

इबारविरुद्धको २ गोलसँगै ला लिगामा रियल म्याड्रिडको छैठौं सार्वधिक गोलकर्ता बनेका छन् । सन् २००९÷१० मा रियल आएयता बेन्जिमाले ३३२ खेलमा १५७ गोल गरेका छन् । उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो ३३१, राहुल २२८, अलफ्रेडो डी स्टेफानो २१६, सान्टिल्लाना १८६, ह्युगो सान्चेज १६४ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP