रियलका ब्राजिलियन डिफेन्डरलाई कोरोना
Read Time:1 Minute
रियल मड्रिडका ब्राजिलियन डिफेन्डर डर मिलिटाओलाई कोरोना संक्रमण पुष्टी भएको छ । रियलले सोमाबार आफ्ना ब्राजिलियन डिफेन्डरलाई कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
२२ वर्षीय डिफेन्डर मिलिटाओलाई कोराना संक्रमण देखिए पनि अन्य खेलाडीको रिपोटए नेगेटिभ आएको क्लबले जनाएको छ। कोरोना देखिएपछि मिलिटाओ सेल्फ आइसोलेसनमा बसेका छन् ।
अब मिलिटाओले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको इन्टर मिलानविरुद्धको खेल गुमाउने छन् ।
कोरोना पोजेटिभ आएपछि डिफेन्डर ईडरले च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने भएका छन् । यो सिजन मिलिटाओले २ ला लिगा र एक च्याम्पियन्स लिग गरी ३ खेल खेलेका छन् ।