रियल रोकियो, बार्सिलोना पाँचौं स्थानमा

Read Time:2 Minute

स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियलले इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो।

घरेलु मैदानमा दुई गोलले पछि परेको रियलले रोमाञ्चक बराबरी खेलेको हो। खेलको ३३औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो। बेन्जिमाले बाहिर प्रहार गरेका थिए।

खेलको ४२औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई १–० को अग्रता दिलाए। खेलको ७६औं मिनेटमा पेरे मिल्लाको गोलसँगै इल्चेलाई २–० को स्थितिमा पुग्यो।

खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाए।

यसैगरी फ्रेन्क डे जोङले खेलको अन्त्यतिर गरेको गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा एलोभसलाई आइतबार १–० ले हराएर अंक तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । खेल सकिन तीन मिनेट मात्र बाँकी रहेको स्थितिमा डच खेलाडीले फेरान टोरेसको क्रसलाई गोलमा परिणत गरेका हुन् ।

बराबरीसँगै २२ खेलमा ५० अंक जोडेको रियल शीर्ष स्थानमा यथावत् छ। इल्चे २३ अंकका साथ १५औं स्थानमा रहेको छ। यो जितपछि जाभीको बार्सिलोनाको ३५ अंक भएको छ । यो चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग एक अंकको दूरी मात्र हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा, पुलिस २–०ले पराजित
Next post रामोसले गोल गर्दा पिएसजी विजयी
Close