नयाँ वर्षको पहिलो खेलमा रियल विजयी

स्पेनिस जाइन्ट रियल म्याड्रिडले जितका साथ नयाँ वर्षका सुरुवात गरेको छ । सन् २०२० को पहिलो खेलमा रियलले गेटाफेलाई ३–०ले हरायो ।

यो जितसँगै रियल १९ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खलेको बार्सिलोना ३९ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोना आजै राति क्याटलान्टाकै अर्को टिम इस्पानियोलसँग खेल्ने छ ।

रियललाई जित दिलाउन डिफेन्डर राफाइल भरानले २ गोल गरे भने लुका मोड्रिचले अर्को गोल गरे । गेटाफेको मैदानमा भएको खेलमा भरानले ३४औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । उनले फेरालेन्ड मेन्डीको पासमा गोल गरेका थिए ।

यसैगरी ५३औं मिनेटमा टोनी क्रसको फ्रिकिकमा भरानले हेडिङमार्फत गोल गर्दै रियललेका अग्रता दोब्बर बनाए । यस्तै, इन्जुरी समयको तेस्रो मिनेटमा काउन्टर अट्याकमा लुका जोभिचको पासमा मोड्रिच गोल गर्दै रियललाई ३–०को सहज जित दिलाए ।

खेलमा रियलले ५६ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले गेटाफेको पोस्६मा १० सट प्रहार गरेकोमा ८ सट फ्रेममा थियो । यता गेटाफेले भने १५ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको अन्य खेलमा भालाडोलिड र लेगानेसले २–२ गोलको बराबरी खलेको छन् भने सेभिया र एथ्लेटिको बिल्बाओले पनि १–१ गोलको बराबरी खेले ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.