कार्डिचसँग रोकियो रियल

ला लिगाका शीर्ष स्थानमा रहेको रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा रियल रेलिगेसन जोगको कार्डिच सिटीसँग गोलरहित बराबरीमा रोकिएको हा

लिगको शीर्ष स्थानमा रहेको रियलले रेलिगेशनबाट बच्न संघर्षरत कार्डिजसँग बराबरी खेल्दै अंक बाँडेको हो। कोभिड संक्रमणका कारण रियलका मुख्य ६ खेलाडी मैदानबाहिर छन्।

खेलमा गोलका थुप्रै अवसर सिर्जना गरेपनि रियलले गोल गर्न सकेन। खेलमा रियलले ८२ प्रतिशत बल पोजेसन बनाउँदै कार्डिचको पोस्टमा ३६ सट प्रहार गरेको थियो । त्यसपछि ९ सट फ्रेममा थियो । यता, कार्डिचले ४ सट प्रहार गर्दा कुनैपनि सट फ्रेममा थिएन।

यो बराबरीसँगै रियलको पछिल्लो १० खेलको जितको शृंखलामा समेत पूर्णविराम लागेको छ। बरारीसँगै रियलले दोस्रो स्थानको सेभिलासँग अंक दूरी बढाउने अवसरसमेत गुमाएको छ। रियल ४३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभियाको ३७ अंक छ। कार्डिच १४ अंकका साथ १९औं स्थानमा छ।

Facebook Comments Box