रियलमा एन्सेलोटीको पुनरागमन

कार्लो एन्सेलोटीले रियल म्याड्रिडको प्रमुख प्रशिक्षकमा पुनरागमन गरेका छन् । इटालीका ६१ वर्षीय प्रशिक्षक एन्सोलोटीे इंग्लिस क्लब एभर्टन छाड्दै रियलको प्रशिक्षक बनेका हुन्।

एन्सोलोटीले यसअघि सन् २०१३ देखि २०१५ मा रियलको जिम्मेवारी सम्हालिसकेका थिए । रियलले मंगलबार आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। यसअघि मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लबमा फर्काएको हो।

एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२४ सम्म रियलको मुख्य प्रशिक्षक भएर ला लिगामा रहने छन्।

रियलबाट उनले च्याम्पियन्स लिग, युईएफए सुपरक कप, क्लब विश्वकप र कोपा डेल रे उपाधि जितेका छन् ।

एभर्टनमा भने उनले १८ महिनामा मात्र बिताए र इंग्लिस प्रिमियर लिग क्लब छाड्नु पछाडि रियलले राखेको असाधारण प्रस्ताव भनेका छन् । एन्सेलोटीले छाडेपछि अब एभरटन पछिल्ला पाँच वर्षमा छैटौं व्यवस्थापकको खोजीमा हुनेछ ।

यसअघि एन्सोलोटीले यसअघि युभेन्टस्, एसी मिलान, चेल्सी, पिएसजी र बायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

Facebook Comments Box