रियल मिडफिल्डर क्रुसलाई कोरोना संक्रमण

रियल मड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएपछि १ सातादेखि आइसोलेसनमा रहेका क्रुसलाई सोमाबार संक्रमण पुष्टि भएको हो।

सोही कारण उनले ला लिगाका पछिल्ला २ खेल गुमाएको छ । अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल पनि गुमाउने छन् ।

यस सिजन क्रुसले रियलका लागि ४२ खेल खेलेका छन् । जसमा ३ गोल गरेका छन् भने १२ गोलका लागि असिस्ट गरेका छन् ।

Facebook Comments Box