बेन्जिमाको गोलमा रियल विजयी

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले २ गोल गरेपछि स्पेनिस ला लिगमा रियल म्याड्रिडले १ गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै जित निकालेको छ ।

ला लिगाअन्तर्गत शनिबार राति सान्टियागो बर्नाबेउमा भएके खेलमा बेन्जिमाको गोलको मद्दतमा इबारलाई २–१ ले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा अग्रता इबारले लियो । उसका मार्क कार्डोनाले ३९ आंैं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेल आफ्नो नियन्त्रणमा राखेपनि पहिलो हाफमा रियल १–०ले पछि परेको थियो । तर, ५९ औं मिनेटम सर्जियो रेगुलियोनको क्रमास बेन्जिमाले हेडिङ गोल गर्दै खेललाई बराबरीमा ल्याए । यस्तै ८१ औं मिनेटमा टोनी क्रुसको पसमा हेडिङमार्फत नै बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाए ।

खेलमा रियलले ५७ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले इबारको पोस्टमा १३ सट प्रहार गरेको थियो, जसमध्ये ७ सट फ्रेममा थियो । इबारले भने ३ सट प्रहार गरेकोमा १ सटमा मात्र फ्रेममा थियो ।

जितपछि रियललेको ६० अंक भएका छ । तेस्रो स्थामा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १३ अंक र दोस्रो स्थानका एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP