रियल उपाधिबाट एक जित टाढा, ग्रानडालाई २–१ले हरायो

ग्रानडालाई पराजित गर्दै रियल मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेमला ग्रानडामाथि २–१को जित निकालेपछि रियल उपाधिबाट १ जित मात्र टाढा छ ।

बाँकी दुई खेलमा दुई अंक जोड्दा रियलले उपाधि जित्ने छ । रियलले अब बिहीबार राति हुने खेलमा भिल्लारियलाई पराजित गरे उपाधि जित्ने छ । सोही दिन हुने खेलमा बार्सिलनो पनि पराजित भए रियलले भिल्लारियलसँग हार्दा पनि उपाधि जित्ने छ ।

ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले कासिमिरोको पासमा गोल गरेका थिए । १६औं मिनेटमा करिम बेन्जामाले लुका मोड्रिचको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा ग्रानडाका डारविन माचिसले कासिमिरोको गल्तीमा एक गोल फर्काए । त्यसपछि कुनै गोल नहुँदा रियल विजयी भयो ।

कोरोना महमारी पछि पुनः सुरु भएको लिगमा रियलले शतप्रतिशत जित निकालेको छ । उसले लागतार ९ खेल जित्दै आफूलाई उपाधि नजिक पु¥याएको हो ।

ग्रानडाविरुद्ध रियल पहिलो हाफमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो, दोस्रो हाफमा भने भिल्लारियल दबाब कायम गरेको थियो । उसले रियलको पोस्टमा थुप्रै पटक आक्रमण गरेको थियो । खेलको अन्त्यतिर थिवो कोर्टुवा र सर्जियो रामोसले उत्कृष्ट बचाउ गरेपछि रियल जोगिएको थियो ।

जितपछि ३६ खेलबाट रियलले ८३ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । अब लिगमा २ चरणका खेल बाँकी रहँदा रियलले ४ अंकको अग्रता बनाएको छ र अब उपाधि जित्न २ अंक आवश्यक छ । रियलले अब बाँकी २ मध्ये दुवै बराबरी वा एक खेल जितेमा उपाधि जित्नेछ ।

यसैगरी सोमबार राति नै भएका खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ले हरायो भने गेटाफे र अलाभेसले गोलरहित बराबरी खेले ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.