एम्बाप्पे ल्याउन असफल भएपछि रियल भित्र्यायो कामाविंगा

स्पेनिस जाइन्ट रियल मड्रिडले समर ट्रान्सफर विन्डोमा फ्रेन्च क्लब पिएसजीका स्ट्राइकर किलियन एमबाप्पे भित्र्याउन खुबै प्रयास गर्‍यो । तर, ट्रान्सफर विन्डो सकिन २४ घण्टा मात्र बाँकी रहेको अवस्थामा एम्बाप्पे पिएसजीमै बस्न सहमत भए ।

२ सय मिलियन तिर्न तयार हुँदा पनि एम्बाप्पे भित्र्याउन असफल भएको केही समयमै रियलले अर्को फ्रेन्च क्लब रेनेसका युवा मिडफिल्डर इडवार्ड कामाविंगालाई अनुबन्धन गर्‍यो ।

यी १८ वर्षीय मिडफिल्डरलाई ३० मिलियन युरोमा अनुबन्धन गरेको हो। तर, कामाविंगा र रियलबीच औपचारिक सम्झौता भने भएको छैन । रिपोर्ट अनुसार कामाविंगाले रियलमा सोमाबार नै मेडिकल गरिसकेका छन्। रेनेसले पनि आफ्ना युवा मिडफिल्डर रियल जाने पक्का भएको उल्लेख गरेको छ।

१५ वर्षकै उमेरमा रेनेसको सियिनर टिममा डेब्यू गरेका कामाविंगालाई उदीयमान स्टार मिडफिल्डरका रुपमा हेरिएको छ । उनलाई भित्र्याउन अर्को फेन्च क्लब पिएसजी र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र आर्सनल पनि लागेका थिए।

चमाविंगाले रेनसका लागि ८७ खेल खेल्दै २ गोल गरेका छन्। उनले फ्रान्को राष्ट्रिय टिमबाट पनि ३ खेल खेल खेल्दै १ गोल गरेका छन्। उनले सन् २०२० को सेप्टेम्बर ८मा १७ वर्षको उमेरमा युईएफए नेससन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा डेब्यू गरेका थिए।

Facebook Comments Box