बेन्जिमा र असेन्सियोको गोलमा रियल विजयी

करिम बेन्जिमा र मार्को असेन्सियोले गोल गरेपछि रियल मड्रिड स्पेनिस ला लिगामा विजयी भएको छ। शनिबार राति घरेलु मैदान अलफ्रेडो डि स्टेफानो रंगशालामा भएको खेलमा बेन्जिमा र असेन्यियोले गोल गरेपछि रियलले इबारलाई २–०ले हरायो ।

रियलले खेलको दुवै हाफमा गोल गरेको थियो। रियलले इबारविरुद्ध सुरुवातदेखि नै दबाब दिएको थियो । सुरुवातमै बेन्जिमाले वान भर्सेस वानमा गोल गर्न चुकेपछि रियलले अग्रता लिने अवसर गुमाएको थियो।

पाचौं मिनेटमा बेन्जिमाले गोल गरे, तर सो गोल भारमार्फत क्यान्सिल भएको थियो । तर, ४१औं मिनेटमा एसेन्सियोको गोलमा रियलले सुरुआती अग्रता लियो। उनले कसेमिरोको पासमा गोल गरेका थिए।

७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–० को जित दिलाए । बेन्जिमाले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २९ खेलमा ६३ अंक जोडेको छ। इबर २३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.