बेन्जिमाको २ गोलमा रियल विजयी, उपाधि आशा कायमै

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा चम्किएपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति अलफ्रेडो डि स्टेफानो रंगशालामा भएको खेलमा बेन्जिमाले २ गोल गरेपछि रियलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै इल्चेमाथि २–१को जित निकालेको हो।

यो जित सँगै रियलको उपाधि आशा पनि कायमै रहेको छ । इल्चेमाथिको जितसँगै रियल देस्रो स्थानमा उक्लिएको छ। उसको २७ खेलमा ५६ अंक भएको छ। शीर्ष स्थानको एट्लेटिकोको ६२ अंक छ भने ५६ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ। एट्लेटिको र बार्सिलोना दुवैले २६ खेल खेलेका छन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुवै टिमले केही गोलका सुन्दर अवसर खेल फालेका थिए । दुवै टिमका किपर केही उत्कृष्ट बचाउ पनि गरे ।

दोस्रो हाफको ६१औं मिनेटमा ड्यानी क्याल्मोले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाए।

प्रशिक्षक जिनेदिन जिदानले इल्चेविरुद्ध ३–५–२ को नयाँ फर्मेशनमा खेलाएका थिए। एक गोलले पछि परेलगत्तै प्रशिक्षक जिदानले लुका मोड्रिच, टोनी क्रुस र रोड्रिगोलाई मैदान छिराए, र फर्मेसन परिवर्तन गर्दै ४–३–३मा खेलाए। त्यसपछि भने रियलले खेल पूर्वरुपमा नियन्त्रणमा लिएको थियो।

७३औं मिनेटमा मोड्रिचको उत्कृष्ट पासमा बेन्जिमा हेडिङ गोल गर्दै रियललाई खेलमा फर्काए। त्यसपछि बराबरी तर्फ उन्मूख खेलमा इन्जुर समयको पहिलो मिनेटमा रोड्रिगोको पासमा बेन्जिमाले लेफ्ट फुटे सटमा उत्कृष्ट गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.