बेन्जिमाको ह्याट्रिकमा प्रिसिजनमा रियलको दोस्रो जित

प्रिसिजन टुरमा रहेको स्पेनिस क्लब रियल म्याड्रिडले दोस्रो जित हात पारेको छ । औडी कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा करिम बेन्जिमाको ह्याट्रिकको मद्दतमा रियलले फेनर्वाचलाई ५–३ ले पराजित गरेको हो ।

प्रिसिजन टुरमा यसअघिका ४ खेलमा १ खेल मात्र रियलले जितेको थियो । बार्यन म्युनिखसँग ३–१ले पराजित भएको रियलले आर्सनलाई पेनाल्टीमा ३–२ ले हराउँदा एट्लेटिको म्याड्रिडसँग ७–३ को लज्जास्पद पराजय बेहोरेको थियो । यस्तै औडी कपको समेमिफाइनमा टोटनह्यामसँग १–०ले पराजित भएको थियो ।

जर्मनीस्थित अलिनाज अरिना स्टेडिममा बुधबार राति भएको खेलमा अग्रता फेनर्वाचले लिएको थियो । छैटौं मिनेटमा ग्यारी रोड्रिग्वेसले गोल गर्दै अग्रता दिलाएका थिए । तर, बेन्जिमाले १२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२७ आंै मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । तर, ३४ औ मिनेटमा नबिल दादरले गोल गर्दै खेललाई पनुः बराबरीमा ल्याए । ५३ औं मिनेटमा गोल गर्दै बेन्जिमाले ह्याट्रिक पुरा गरेका थिए ।

तर, त्यसको ६ मिनेट पछि नै ओजान तुफानले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । ६२ आंै मिनेटमा नाचो र ७९ औं मिनेटमा मारियानो डियाजले गोल गरेपछि रियलले खेल ५–३ ले जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP