भ्यालेन्सियामाथि रियलको रवाफ, चम्किए बेन्जिमा र ओसेन्सियो

रियल मड्रिडले ला लिगामा सानदार जित निकालेको छ । बिहीबार राति अलफ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३–०ले हरायो ।

घरेलु मैदानमा रियललाई जित दिलान स्ट्राइकरद्वय करिम बेन्जिमा र मार्को ओसेन्सियोले उत्कृष्ट प्रदर्शन गरे । बेन्जिमाले २ गोल गर्दा ओसेन्सियोले १ गोल र १ असिस्ट गरे ।

अलफ्रेडो डी स्टेफानो रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकियो । पहिलो हाफमा दुवै टिमले गोलका राम्रो अवसर सिर्जना गरेका थिए । प्रतिस्पर्धात्मक खेलके पहिलो हाफमै भ्यालेन्सियाका रोड्रिगोले गरेको गोल भारमार्फत रद्द भएको थियो ।

दोस्रो हाफ भने रियलले एकपक्षीपय बनायो र, भ्यालेन्सियाको पोस्टमा निरन्तार अक्रमण गरिरह्यो । ६१औं मिनेटमा इडेन हाजार्ड र लुका मोड्रिचको उत्कृष्ट तालमेलमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

फ्रेडिको भाल्भार्डेलाई रिप्लेस गर्दै ७४औं मिनेटमा मार्को ओसेन्सियो प्रवेश गरे । र, पहिलो टचमै गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ओसेन्सियो १ वर्षपछि मैदान फर्किएका हुन् । उनी अघिल्लो वर्ष जुलाईमा प्रिसिजन टुरका क्रममा आर्सनलविरुद्धको खेलमा घाइते भएका थिए ।

८६औं मिनेटमा ओसेन्सियो पासमा बेन्जिमाले उत्कृष्ट गोल गर्दै रियललाई ३–० गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन । खेलको अन्त्य भ्यालेन्सियाले १० खेलाडीमा रहेर ग¥यो । रियलका कप्तान सर्जियो रामोसलाई फाउल गरेपछि खेलको ८९औं मिनेटमा लि काङ रातो कार्ड पाएका थिए ।

भ्यालेन्सियाविरुद्ध दुई गोलसँगै बेन्जिमा रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौं स्थानमा उक्लिए । यो क्रममा बेन्जिमाले फ्र्यांक पुस्कासलाई पछि पारे । बेन्जिमाले २४३ गोल गरेका छन् । यो सूचीमा क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन्, उनले ४५० गोल गरेका छन् ।

खेलमा रियलले ५९ प्रतिशत बल पेजेसन बनाएको थियो । उसले भ्यालेन्सियाको पोस्टमा १९ सट प्रहार गरेकोमा ११ सट फ्रेममा थियो । यता, भ्यालेन्सियाले ५ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो ।

जितपछि पनि रियल दोस्रो स्थानमै रह्यो । रियलको ६२अंक भएको छ । ६४ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ । भ्यालेन्यिाले ३८ अंकका साथ नवौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.