भिल्लारियलसँग रोकियो रियल

रियल मड्रिड ला लिगामा बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियल भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा दुवै टिमले गोलका राम्रा वसर खेर फालेका थिए।

खेलमा भिल्लारियलले ५८ प्रतिशत बल पोजेसन बनाउँदै रियलको पोस्टमा ६ सट प्रहार गर्दा २ सट फ्रेममा थियो । यता, रियलले १५ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

७ खेलका १७ अंक जोडेको रियल शीर्ष स्थानमा छ । समान १४ अंक जोडेको सेभिया र एट्लेटिको मड्रिड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

Facebook Comments Box