रियलले जित्यो १४औं पटक च्याम्पियन्स लिग उपाधि

Read Time:1 Minute

स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिग ट्रफी उचालेको हो ।

रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा ट्यापइनमा गोल गरेका थिए।

रियलका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गर्दा लिभरपुलको आक्रमण निराश बनेको थियो ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि उनले एसी मिलानबाट दुई र रियलका लागि एक च्याम्पियन्स लिग जितेका थिए ।

लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन । रियलले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।

लिभरपुलका प्रशंसकहरु मैदानभित्र पस्न समस्या हुँदा खेल नै ३० मिनेटपछि सुरु भएको थियो । मैदान बाहिर केही अराजक दृश्य देखिएको थियो भने फ्रेन्च पुलिसले केहीलाई पेपर स्प्रे समेत प्रहार गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फा अध्यक्षमा कर्माछिरिङले दिए उम्मेवारी
Next post कुशल र आसिफ दुवै घाइते, खकुरेललाई टिममा बोलाइयो
Close