अलबा र बेन्जिमाको गोलमा रियलले जित्यो सुपरकप

Read Time:1 मिनेट

च्याम्पियन्स लिग विजेता स्पेनिस जाइन्ट रियल मड्रिडले युईएफए सुपर कप उपाधि जितेको छ। बुधबार राति फिनल्यान्डको हलसिन्कीमा भएको खेलमा रियलले युरोप लिग विजेता जर्मन क्लब आइनट्राक्ट फ्रान्कफर्टलाई २–०ले हरायो।

रियलको जितमा डेविड अलबा र कप्तान करिम बेन्जिमाले गोल गरे । रियलले दुवै हाफमा समान १ गोल गरेको थियो।

खेलमा ३७औं मिनेटमा कासिमिरोले हेडमार्फत दिएको बलमा अनमार्क रहेका अलबाले सहजै गोल गरेका थिए। त्यसपछि ६५औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे।

यससँगै रियलले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ। तीन टोलीले समान ५(५ पटक सुपर कप उपाधि जितेका छन्। लिभरपुलले ४ पटक उपाधि जितेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कतार विश्वकप एक दिन अघि सार्ने तयारी
Next post एकदिवसीय सिरिजको अन्तिम खेलमा बंगलादेशको जित
Close