रियलले जित्यो सुपरकप

Read Time:1 मिनेट

स्पेनिस सुपर कप उपाधि रियल मड्रिडले जितेको छ। साविक विजेता एथलेटिको बिल्वाओलाई २–०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको रियलले स्पेनिस सुपर कपको उपाधि जितेको हो।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार राति सम्पन्न खेलमा रियलका लागि लुका मोड्रिच र कप्तान करिम बेन्जिमाले गोल गरे।

खेलको ३८औ मिनेटमा लुका मोड्रिचले गोल गरेक थिए । उनले रोड्रिगोको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो । ५८औं मिनेटमा रियलले अग्रता दोब्बर बनाए । बिल्बाओका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा ५८औं मिनेट बेन्जिमाले गोल गरेका थिए ।

८७औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । बिल्बाओका राहुल गार्सियाको हेडिङ पोस्ट नजिकै हातले रोकेपछि मिलिटाओले रेडकार्ड पाएका थिए भने बिल्बाओले पेनाल्टी पायो। तर, गार्सियाको पेनाल्टीले थिवो कोर्टुवाले रोकेपछि बिल्बाओले खेलमा फर्कने अवसर गुमायो भने रियलले ट्रफी उचाल्यो।

रियल बार्सिलोनालाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने एथलेटिको बिल्वाओले सेमिफाइनलमा एथलेटिको मड्रिडलाई हराएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post देव र अनिल चम्किँदा गण्डकीमाथि लुम्बिनीको जित
Next post नर्विच सिटीसँग पराजित भएलगत्रै एभर्टनले बर्खास्त गर्‍यो बेनेटिज
Close