कोपा अमेरिकाको ब्राजिलियन टिममा परेनन् भिनिसियस

अर्को महिनाबाट ब्राजिलमै सुरु हुने कोपा अमेरिकाका लागि ब्राजिलियन राष्ट्रिय टिमको प्रारम्भिक घोषण भएको छ । प्रशिक्षक टिटेले शुक्रबार घोषणा गरेको २३ सदस्यीय प्रारम्भिक टिममा घोषणा गरेका हुन् ।

टिटेले घोषणा गरेको प्रारम्भिक टिममा रियल म्याड्रिडका युवा स्टार भिनिसियस जुनियर पर्न असफल भए । भिनिसियससँगै मार्सेलो र फाविन्हो पनि ब्राजिलको २३ सदस्यी टिमा स्थान बनाउन असफल भए ।

१८ वर्षीय भिनिसियसले यस सिजन रियलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । धेरैले कोपा अमेरिकाको ब्राजिलियन टिममा स्थान बनाउने अपेक्षा गरेका थिए ।

तर, भखरै चोट मुक्त भएकाले उनले टिमा स्थान बनाउन असफल भएको बताइएको छ । भिनिसियस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको दोस्रो लेगअगन्तर्गत आयाक्सविरुद्धको खेलमा क्रममा घाइते भएका थिए । भर्खरै चोटमुक्त भएका उनीले ला लिगाका पछिल्ला ३ खेलमा सफ्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका थिए ।

भिनिसियले अघिल्लो रियलमा गरेको उत्कृष्ट प्रदर्शन गरेकै कारण प्रशिक्षक टिटेले पानामा र चेक रिपब्लिकविरुद्धको मैत्रीपूर्ण खेलमा उनलाई मौका दिएका थिए । तर घाइते भएका कारण उनले दुवै खेल खेल्न पाएनन् ।

शुक्रबार घोषणा गरिएको २३ सदस्य टिममा नेमार जुनियरसँगै फिलिपे काउटिन्हो, एलिन्सन, रोबर्टो फिर्मिन्हो, गाब्रियल जेसुस, ड्यानी अल्भेस, थिएगो सिल्भासँगै डच क्लब आयाक्सका लागि उत्कृष्ट प्रदर्शन गरेका डेभिड नेसेरले पनि स्थान बनाए ।
ब्राजिलियन टिम

गोलकिपर : एलिसन (लिभरपुल), इडर्सन (म्यान्चेस्टर सिटी), कासिओ (कोरिन्थियन्स) ।

डिफेन्डर : ड्यानी अल्भेस (पिएसजी), फाग्नर (कोरिन्थियन्स), फिलिपे लुइस (एट्लेटिको म्याड्रिड), एलेक्स सान्ड्रो (युभेन्टस), मिरान्डा (इन्टर मिलान), थिएगो सिल्भा (पिएसजी), माक्र्वीन्होस (पिएसजी), इडर मिलिटाओ (पोर्तो÷रियल म्याड्रिड) ।

मिडिफिल्डर : कासिमिरो (रियल म्याड्रिड), फरान्डिन्हो (म्यान्चेस्टर सिटी), अर्थुर (बार्सिलोना), एलान (नापोली), लुकास पक्वेटा (एसी मिलान), पिलिपे काउटिन्हो (बार्सिलोना) ।

फरर्वाड : नेमार (पिएसजी), रिचार्लिसन (एभर्टन), डेभिड नेरेस (आयाक्स), एभर्टन (गेर्मिओ), रोबर्टो फिर्मिन्हो (लिभरपुल), गाब्रियल जेसुस (म्यान्चेस्टर सिटी) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP