मेसीको कीर्तिमानी खेलमा बार्सिलोना विजयी, ओब्लाकले पेनाल्टी रोक्दा एट्लेटिको विजयी

कप्तान लियोनल मेसीले कीर्तिमानी खेलमा उत्कृष्ट गर्दै २ गोल र एक असिस्ट गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा मेसी र सर्जिनो डेस्टको समान २ गोलको मद्दतमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा ६–१ले हरायो।

यो खेलसँगै मेसीले बार्सिलोनाका लािग सर्वाधिक खेन खेल्ने कीर्तिमान आफ्ना नाममा लेखाए । यो मेसीको ७६८औं खेल थियो। यसअघि यो कीर्तिमान जाभाीको नाममा थियो ।

बार्सिलोनाको जितमा मेसी र डेस्टसँगै एन्टोइन ग्रिजम्यान र ओसमान डेम्बेलेले पनि एक–एक गोल गरे । सोसिडाडका लागि एन्डर बारेनेट्जरले गोल गरेका थिए ।

३७औं मिनेटमा ग्रिजम्यानको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लियो। ४३औं मिनेटमा डेस्टले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पहिलो २–०मै सकियो। ५३औं मिनेटमा डेस्टले नै गोल गर्दै बार्सिलोनाले ३–०को सहज अवस्थामा ल्याए ।

मेस्सीले ५६औं मिनेटमा गोल गरेपछि बार्सिलोना ४–०को अवस्थामा आयो । त्यसपछि ७१औं मिनेटमा डेम्बेले गोल गर्दै बार्सिलोनालाई ५–०को अग्रता दिलाए । ७७औं मिनेटमा बारेनेट्जरले गोल गर्दै खेललाई ५–१को अवस्थामा ल्याए । ८९औं मेसीलेमिनेटमा गोल गरेपछि बार्सिलोनाले सोसिडाडमाथि ६–१को सहज जित दिलाए।

यस्तै, खेलको अन्त्यतिर गोलकिपर जान ओब्लाकले पेनाल्टी बचाएपछि एट्लेटिको मड्रिड विजयी भएको छ। उसले अलाभेसलाई १–०ले हरायो । लुइस सुआरेजले ५४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा अलाभेसले पेनाल्टी पायो, तर, जोसेलुको पेनाल्टी प्रहार आोब्लाकले बचाए र टिमलाई महत्वपूर्ण ३ अंक दिलाए।

जितपछि बार्सिला्ना ६२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। ६६ अंक जोडेको एट्लेटिको शीर्ष स्थानमा छ भने ६० अंकका साथ रियल मड्रिड तेस्रो स्थानमा छ । ४५ अंकका साथ सोसिडाड पाँचौं स्थानमा छ भने २३ अंकका साथ १९औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.