रोनाल्डोको नयाँ रेकर्ड, बने सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इरानी खेलाडी अली दाइको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन्। विश्वकप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

इरानका अली दाइले सन् १९९३ देखि सन् २००६ सम्म १०९ गोल गर्दै कीर्तिमान लेखाएका थिए । अली दाइको सो रेकर्ड रोनाल्डोले युरोकपमै बराबरी गरेका थिए।

बुधबार राति भएको खेलमा सुरुआतमै रोनाल्डोको पेनाल्टी आयरल्यान्डका गोलकिपरले रोकेपछि अन्तिम २ मिनेटमा २ गोल गर्दै रोनाल्डोले कीर्तिमान आफ्नो नाममा लेखाए भने टिमलाई २–१को जित दिलाए ।

आयरल्यान्डविरुद्ध रोनाल्डोले ८९औं र ९०औं मिनेटमा गोल गरेका थिए । खेलको १४औं मिनेटमा उनले पेनाल्टी मिस गरेका थिए। रोनाल्डोले पोर्चुगल लागि १८० खेल खेल्दै १११ गोल गरेका छन्।

अली दाइको कीर्तिमान तोडेपछि रोनाल्डोले खुसी व्यक्त गरेका छन् । ‘म एकदमै खुसी छु, कीर्तिमान तोडेकैले मात्र होइन कि त्यो खास पलमा हाम्रो टिम साथमा छ,’ उनले भनेका छन्, ‘मैले आज अन्तिममा दुई गोल गरेँ, टिमले मलाई जस्तो सहयोग गरेको प्रसंशा गर्नुपर्छ । अन्तिमसम्म पनि रेकर्ड तोड्नेमा हामीलाई विश्वास थियो। म अत्यन्त खुसी छु।’

कुन प्रतियोगितामा रोनाल्डोको कति गोल ?

विश्वकप छनोट–३३

युरोकप छनोेट–३१

मैत्रीपूर्ण खेल– १९

युरोकप–१४

विश्वकप–७

युईएफए नेसन्स लिग–५

च्याम्पियन्स कप–२

यी मध्ये आधाबढी गोल रोनाल्डोले खेलको अन्तिम ३० मिनेटमा गरेका छन्। उनले अन्तिम १५ मिनेटमा मात्रै ३३ गोल गरेका छन् भन् ६१ देखि ७५ मिनेटबीचमा २२ गोल गरेका छन् ।

यस्तै, रोनाल्डोले सुरुआती १६देखि३० मिनेटबीच १७ गोल गर्दा ३१ देखि ४५ मिनेटबीचमा १६ गोल गरेका छन् । उनले सुरुआती १५ मिनेटभित्र ११ गोल गर्दा दोस्रो सूरआती १५ मिनेटमा १२ गोल गरेका छन्।
यसैगरी रोनाल्डोले ९१ गोल डिक्सभित्रबाट गरेका छन् भने २० गोल डिबक्स बाहिरबाट । उनले १४ गोल पेनाल्टीबाट गर्दा ९ गोल फ्रिकिकमा गरेका छन् ।

३६ वर्षीय रोनाल्डोले बुधबरा राति आयरल्यान्डविरुद्ध गोल गरेसँगै आफूले खेलेका सम्पूर्ण विपक्षीविरुद्ध गोल गरेका छन्। उनले लिथुवानीय र स्वीडनेविरुद्ध सर्वाधिक ७ गोल गरेका छन्।

Facebook Comments Box