मेसी चम्किँदा कोपामा अमेरिकामा अर्जेन्टिना अपराजित

अर्जेन्टिना अपराजित रहँदै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि अर्जेन्टिनाले लिगको अन्तिम खेमा बोलिभियामाथि ४–१को सानदार जित निकाल्यो ।

यो जितसँगै अर्जेन्टिना अपराजित रहदै क्वार्टरफाइनल प्रवेश गरेको छ । उसले समूह एमा ३ जित र १ बराबरीसहित १० अंक जोड्यो । बोलिभिया भने अंकबिहीन हुँदै समूहको पुछारमा रह्यो, र प्रतियोगिताबाट बाहिरियो।

अर्जेन्टिनालाई जित दिलाउन मेसीले दुई गोल गर्दा अलेजान्द्रो गोमेज र लाउटारो मार्टिनेजेले पनि गोल गरे। बोलिभियाका इर्विन सार्वेडाले गोल गरेका थिए ।

छैटौं मिनेटमै मेसीको पासमा अलेजान्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ३३औं मिनेटमा पेनाल्टीमा मेसीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

४२औं मिनेटमा मेसीले नै सर्जियो अगुएरोको पासमा गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–० को अग्रता लियो।

६०औं मिनेटमा सार्वेडाले गोल गर्दै बोलिभयालाई खेलमा फर्काउने प्रयास गरे । तर, ६५औं मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना ४–१ले विजयी भयो ।

अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरसँग जुलाई ३ मा खेल्नेछ।

Facebook Comments Box