म्याचेस्टर डर्बीमा हार्‍यो सिटी, युनाइटेड २–०ले विजयी

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको ‘म्यानचेष्टर डर्बी’मा युनाइटेड सादनर प्रदर्शन गरेको छ । डर्बीमा सानदरा प्रदर्शन गरेको युनायटेड सिटीलाई उसकै मैदानमा २–०ले हरायो।

यो हारसँगै सिटीको २८ खेल लामो अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ। गत नोभेम्बरमा टोटनह्यामसँग पराजित भएयता सिटीको सबैप्रतियोगितामा गरी पहिलो हार हो । यता, म्यान्चेस्टर सिटीलाई लगातार तीन अवे खेलमा पराजित गर्ने ओले गनर सोल्सायर पहिलो प्रशिक्षक बनेका छन्

सिटीको मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक गोल गरे । खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । सिटीका ग्याब्रियल जिससले एन्थोनी मार्सियललाई डिबक्समा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

५०औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । खेलमा सिटीले सिटीले युनाटेडमाथि पूर्ण दबाब बनाएको थियो, तर गोल भने गर्न सकेन्। ६६ प्रशिशत बल पोजेसन बनाएको सिटीले युनाइटेडको पोस्टमा २३ सट प्रहार गरेको थियो, त्यसमध्ये ६ सट फ्रेममा थियो। यता, युनाइटेडले ८ सट प्रहार गर्दा ६ सट नै फ्रेममा थियो।

यस जितसँगै युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ। युनाइटेडको २८ खेलबाट ५४ अंक भएको छ । अझ ऊ सिटी भन्दा ११ अंकले पछि छ। सिटीको समान खेलबाट ६५ अंकसहित सिटी शीर्ष स्थानमै छ ।

जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ ।

यस्तै सिटीको लगातार २१ खेलको जितको यात्रा पनि रोकिएको छ । प्रिमियर लिगमा लगातार १५ खेल जितेपछि सिटीले हार व्यहोरेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.