आर्सनलमाथि लिभरपुलको पुनरागमन जित

डिफेन्डिङ च्याम्यिन लिभरपुलले प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ । सोमबार राति घरेलु मैदान एन्डफिल्डमा भएको खेलमा आर्सनलाई ३–१ले पराजित गर्दै लिभरपुलले लिगमा लागतार तेस्रो जित निकालेको हो ।

सुरुवातमै १ गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले जित निकालेको हो । यो सिजन सुरुवाती तीन खेलमा शतप्रतिशत नतिजा निकाल्ने लिभरपुल तेस्रो टिम हो । लेस्टर सिटी र एभर्टनले पनि तीन खेल जितेका छन् र

लिभरपुलको मैदानमा सुरुवाती अग्रता आर्सननले लियो । २५औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले लिभरपुलका डिफेन्डर एन्ड्रयु रोबट्र्सनको गल्तीमा गोल गरेका थिए ।

तर, २८औं मिनेटमै साडियो मानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३४औं मिनेटमा ट्रेन्ट अलेक्जेडर आर्नोल्डको पासमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफ २–१ मै सकियो । तर, ८८आंै मिनेटमा डिएगो जोटाले गोल गरेपछि लिभरपुलले ३–१को जित निश्चित बनायो । लिभरपुलका लागि डेब्यू खेलमै जोटा गोल गर्न सफल भए । दुई साताअघि मात्र जोटा वुल्भसबाट लिभरपुल आएका हुन् ।

यसैगरी सोमबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३–०ले हरायो । भिल्लाले पनि सुरुवाती दुवै खेलमा जित निकाल्यो । भिल्लाले पहिलो खेलमा सेफिल्ड युनाइटेडलाई १–०ले पराजित गरेको थियो ।

एस्टन भिल्लालाई लगातार दोस्रो जित दिलाउन ज्याक ग्रेलिसले चौथो मिनेटमा, कोनोर हाउरिहानेले १५औं र ट्राएन मिंग्सले ४८औं मिनेटमा गोल गरे । यस सिजन प्रिमियर लिगमा बढुवा भएका फुलहमले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP