
घाइते भए रिस जेम्स, एक महिना मैदान बाहिर रहने
Read Time:1 Minute
इंग्लिस ब्लक चेल्सीका डिफेन्डर रिस जेम्स घाइते भएका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको बोर्नेमाउथ विरुद्धको खेलका क्रमा जेम्स घाइते भएका थिए।
स्टामफोर्ड ब्रिजमा भएको खेलका क्रममा जेम्सको घुँडामा चोट लागेको थियो । चोट लागेका पछि उनले ५३औं मिनेटमा मैदान छाडेका थिए।
घुँडाकै चोटका कारण कतार विश्वकप गुमाएका जेम्स सोही चोट बल्झिएपछि एक महिना मैदान बाहिर रहने चेल्सीले जनाएको छ। चोटबाट फर्किएपछि उनी पहिलो खेल खेलिरहेका थिए।
चेल्सीका प्रशिक्षक ग्राहम पोटरले जेम्स घाइते भएको र तीन-चार साता मैदान बाहिर रहने बर्ता । ‘हामी विश्वास गर्छौं, उनको चोट त्यति ठूलो छैन, उनी चाँडै निको हुनेछन्।’