रेफ्रिमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षक कारबाहीमा

पथरी शनिश्चरेमा आयोजना भएको वडा स्तरीय फुटबल प्रतियोगितामा रेफ्रिमाथि कुटपिट गर्ने ६ खेलाडी र प्रशिक्षक कारबाहीमा परेका छन् ।

वडा नं. १० र पथरी शिविरबीचको खेलका क्रममा वडा नं. १० का खेलाडीले मैदानमै रेफ्रि र सहायक रफ्रिमाथि कुटपिट गर्ने खेलाडी र प्रशिक्षकलाई मोरङ जिल्ला फुटबल संघले कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरीप्रतिबन्ध लगाएको छ।

मोरङ जिल्ला फुटबल संघले वडा नं. १०का राज तामाङ, सनम मुडीयारी, सोनम कार्की र पुस्कार राईलाई २ वर्ष प्रतिबन्ध लगाइएको छ भने आकास धिमाल र सनम तामाङलाई १२ महिनाको प्रतिबन्ध लगाइएको छ। यस्तै, प्रशिक्षक साजन खाम्बा लिम्बुलाई १८ महिनाको प्रतिबन्ध लगाएको छ।

पथरी शनिश्चरे भुटानी सिविरले संचालन गरेको वडा स्तरीय फुटबल प्रतियोगिताका उदौरान रेफ्री र सहायक रेफ्रीमाथि मंगलबार कुटपिट गरेका थिए । साथै सो खेलमा सुरक्षा दिन नसकेको कारणले आयोजकलाई ११ हजार जरिमाना गरिएको छ।

खेलमा पथरी सिविरले वडा नम्बर १० लाई १(० ले पराजित गरेको थियो। त्यसपछि खेलाडीहरू रेफ्री मनिस खड्का र सहायक रेफ्री जमुना मगरमाथि कुटपिटमा उत्रिएका थिए। कुटपिटबाट जमुनाको टाउकोबाट रगत आएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.