रेलिगेसन जोनको बर्नेमाउथसँग हार्‍यो लेस्टर सिटी

शीर्ष चारमा रहेको लेस्टर सिटी रेलिगेसनमा जोनमा रहेको बर्नेमाउथसँग पराजित भएको छ । प्रियिमर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चौथो स्थानको लेस्टर सिटी १९औं स्थानको बर्नेमाउथसँग ४–१को फराकिलो अन्तरले पराजित भयो ।

बोर्नेमाउथलाई सानदार जित दिलाउन डोमिनिक सोलन्केले २ गोल गरे भने जुनियर स्टानिस्लासले १ गोल गरे अर्को गोल लेस्टरको जोनी इभान्सले आत्मघाती गरेका थिए ।

खेलमा अग्रता लेस्टर लियो । २३औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफका पूर्ण दबदबा कायम गरेपनि लेस्टरले गोल थप्न सकेन र पहिलो हाफ १–०मै सकियो ।

दोस्रो हाफमा भने खेल बर्नेमाउथको तर्फ मोडियो । ६६औं मिनेटमा स्टानिस्लासले पेनाल्टीमा गोल गर्दै बर्नेमाउथलाई खेलमा फर्काए । लेस्टरका विलफ्रड एनडिडी कलुम विलसनलाई फाउल गरेपछि बर्नमाउथले पेनाल्टी पाएको थियो । त्यसको एक मिनेटपछि नै सोलन्केले गोल गर्द बर्नेमाउथलाई २–१ को अग्रता दिलाए ।

लगत्तै लेस्टर १० खेलाडीमा सीमित भयो । ६७औं मिनेटमा सेयन्चुले रातो कार्ड पाएपछि लेस्टर दबाबमा आएको थियो । ८३औं मिनेटमा इभान्सले आत्मघाती गोल गरेपछि बर्नेमाउथ ३–१ले अघि भयो । ८७औं मिनेटमा सोलन्केले पुनः गोल गरेपछि बर्नेमाउथले ४–१को अप्रत्यासित जित निकाल्यो।

जितपछि बर्नेमाउथले रेलिगेसनबाट बच्ने सम्भावना कायमै राखेको छ । ३१ अंकका साथ उ १८औं स्थानाम उलिक्लएको छ । हारपछि लेस्टरले भने तेस्रो स्थानमा उक्लिने अवसर गुमायो । ३५ खेलबाट ५९ अंकसहित लेस्टर चौथो स्थानमै यथावत छ । शबिनबार सेफिल्ड युनाइटेडसँग पराजित भएको चेल्सी ६० अंकसहित तेस्रोमा छ ।

चेल्सी र लेस्टर सिटी पराजित भएछि त्यसको प्रत्यक्ष फाइलन पाचौं स्थानको म्यानचेस्टर युनाइटेडलाई भएको छ । ३४ खेलबाट ५८ अंक जोडेको युनाइटेड साउथह्याम्पटनलाई हराउन सके तेस्रो स्थानमा उक्लिने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.