पोर्चुगलले युरोकप जित्दा उत्कृष्ट युवा खेलाडी बनेका सान्चेज पिएसजीमा

Read Time:1 मिनेट

सन् २०१६ मा पोर्चुगलले पहिलो पटक युरोकप उपाधि जित्दा उत्कृष्ट युवा खेलाडी बनेका रेनाटो सान्चेज फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन्। २४ वर्षीय मिडफिल्डर सान्चेज अर्को फ्रेन्च क्लब लिलबाट पिएसजी आएका हुन्।

पिएसजीसँग ५ वर्षको सम्झौता गरेका सान्चेज अब सन् २०२७ सम्म पिएसजीमा रहनेछन्। सान्चेजलाई भित्र्याउन पिएसजीले १५ मिलियन युरो खर्चियो।

उनी सन् २०१९मा जर्मन क्लब बायर्न म्युनिखबाट लिलले आएका थिए । बायर्नने सन् २०१६को युरोकपको ठीक अघि सान्चेजलाई बेन्फिकाबाट ३५ मिनिलियन युरोमा भित्र्याएको थियो । त्यो रकम त्यसबेला कुनै पनि पोर्चुगिज क्लबका पोर्चुगिज खेलाडीका लागि तिरिएको कीर्तिमानी रकम थियो।

त्यो बेला उत्कृष्ट फर्ममा रहेका सान्चेजले बायर्नमा भने पर्याप्त अवसर पाएनन् । त्यसले उनको प्रदर्शनमा पनि असर ग¥यो। सोही कारण उनी सन् २०१९मा बायर्न छाडेर लिले पुगे ।

लिले पहिलो सिजन ठीकठाक बिताएका रह्यो सन्चेजका लागि । तर, दोस्रो सिजन भने उनी लिग वानमा मिडफिल्डमा खुबै छाए। उत्कृष्ट प्रदर्शनको मद्दतमा पिएसजीलाई पछि पार्दै लिले २०२०÷२१मा च्यामिपयन नै बन्यो।

लिलेमा तीन सिजन बिताउँदा उनले ९० खेल खेल्दै ६ गोल गरेका छन्। पिएसजीसँग सम्झौता गरेपछि सान्चेजले आफूलाई सुहाउँदा क्लब भेटेको बताएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post २–३ दिनभित्रै प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी
Next post नेपाली फुटबलरको विदेश पलायलन लहर, विमल राना गए अस्ट्रेलिया
Close