विश्वकप छनोटमा ब्राजिलको लगातार आठौं जित

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिलले आफ्नो विजयी यात्रा जारी राखेको छ। छनोटमा लगातार आठौं जित निकाल्ने क्रममा ब्राजिलले शुक्रबार विहान सम्पन्न खेलमा पेरूलाई २-० गोलले पराजित गर्‍यो।

ब्राजिलको जितमा नेइमार र रिबेइरोले एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। खेलको १५ मिनेटमा रिबेइरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे।

दक्षिण अमेरिकन छनोटमा ब्राजिल ८ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको १८ अंक छ।

यस्तै अन्य खेलमा उरुग्वेले ईक्वेडरलाई १-० ले पराजित गरेको छ । कोलम्बियाले चिलीलाई ३-१ ले तथा पाराग्वेले भेनेजुएलालाई २-१ ले हराएको छ ।

Facebook Comments Box