रिचार्लिसनको ह्याट्रिकमा जर्मनीमाथि ब्राजिलको सानदार जित

टोकियो ओलम्पिकको पुरुष फुटबलमा ब्राजिलले सानदार सुरुआत गरेको छ । बिहीबार साँझो जापानको टोकियोमा भएको खेलमा रिचार्लिसनको ह्याट्रिक मद्दतमा जर्मनीमाथि ४–२को जित निकाल्दै ब्राजिलले प्रतियोगितामा सानदार सुरुआत गरेको हो।

जर्मनीविरुद्ध सानदार जित दिलाउन रिचार्लिसनको ह्याट्रिकसँगै पाउलिन्होले पनि गोल गरे । जर्मनीका लागि अमिरी नादेइम र अचे राग्नरले गोल गरे । खेलको दुवै हाफमा समान ३ गोल भएको थियो।

ब्राजिलले खेलको ७औं मिनेटमै अग्रता लियो। रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए । त्यसपछि २२औं र ३०औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ओलम्पिकमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–०को अग्रता दिलाए ।

पहिलो हाफमा जर्मनीलाई दबाबमा राखेको ब्राजिलले पहिलो हाफको अन्तिम मिनेटमा चार गोलको अग्रता लिने अवसर गुमायो । ४५औ मिनेटमा प्राप्त पेनाल्टीमा चुन्हा म्याथुज गोल गर्न असफल रहे । उनको पेनाल्टी जर्मनीका किपरले बताए।

दोस्रो हाफमा पनि ब्राजिलले जर्मनीमाथि दबाब बनायो । म्याथुजकै केही प्रहार जर्मनीका किपरले उत्कृष्ट बचाउ गरे । तर, ५४औं मिनेटमा अमिरीले गोल गर्दै जर्मनलाई खेलमा फर्काउने प्रयास गरे।

त्यसपछि जर्मनीले खेलमा दबाब बनायो। ८४औं मिनेटमा राग्नरले गोल गरेपछि खेल ३–२को रोमाञ्चक अवस्थामा आयो। तर, इन्जुरी समयको चौथो मिनेटमा पाउलिन्होले डिबक्सबाट उतकृष्ट गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

Facebook Comments Box