ब्राजिल र टोटनहममा फरवार्ड रिचार्लिसनले अन्तर्राष्ट्रियक ब्रेक सकाएर इंग्ल्याण्ड फर्केपछि मनोवैज्ञानिक सहयोग खोज्ने बताएका छन्।
विश्वकप छनोट अन्तर्गत गत शनिबार बोलिभियाविरुद्ध ब्राजिल ५–१ विजयी भएको खेलमा सब्सिच्युट भएपछि रिचार्लिसन आँसु झार्दै मैदानबाट बाहिर निस्किएका थिए।
उनले मैदान बाहिरका घटनाहरुका कारण आफू भावुक भएको बताएका छन्। ‘दुःखको त्यो क्षण नराम्रो खेलेकोबारे थिएन,’ रिचार्लिसनले भने, ‘मेरो विचारमा, मैले बेलेममा खराब खेल खेलेको छैन।’
रिचार्लिसनले गत समरमा एभर्टनबाट ६० मिलियन पाउण्डमा टोटनहममा अनुबन्ध भएयता ४० खेल खेल्दै जम्मा चार गोल मात्र गरेका छन्। उनले पछिल्लो ५ पहिना आफू पिचबाहिर शान्तिपूर्ण रहन नसकेको बताएका छन्।
उनले अब टोटनहममा आफूले राम्रो खेल्ने र फेरि सबै कुरा राम्रो हुने विश्वास राखेका छन्। उनले भनेका छन्, ‘म इङ्ल्यान्ड फर्कने छु र मेरो दिमागलाई बलियो बनाउन मनोवैज्ञानिकसँग मनोवैज्ञानिक सहयोग खोज्नेछु । बलियो भएर फर्किनका लागि आवश्यक कुरा यही हो।’
रिपोर्ट अनुसार रिचार्लिसन लामो समदेखिको एजेन्ट रेनाटो भेलास्कोसँगबाट पनि टाढा छन्। उनले अब ब्राजिलको अर्को खेलमा टिममा पर्नेबारे आफूले सोचेको बताए र त्यसमा काम गरिरहेको बताए।
उनले टोटनहममा पनि राम्रो गर्ने र आफूलाई सबै कुरा मिलाउनका लागि राम्रो खेल आवश्यक रहेको बताएका छन्।