
रिचार्लिसनको ‘बाइसाइकल गोल’ बन्यो कतार विश्वकपको उत्कृष्ट गोल
Read Time:1 Minute
ब्राजिलिय स्ट्राइकर रिर्चालिसनले सर्बियाविरुद्ध बाइसाइकल किकमार्फत गरेको गोल कतार विश्वकपको सर्वोत्कृष्ट गोल बनेको छ। भोटिङका आधारमा रिचार्लिसनको सो गोल कतार विश्कवपको सर्वोत्कृष्ट गोल बनेको फिफाले जनाएको छ।
समूह चरणको पहिलो खेलमा रिचार्लिसनले ७३औं मिनेटमा भली गोल गरेका थिए । भिनिसिय जुनियरले दिएको पासलाई देब्रे खुट्टाले बल उठाउँदै रिचार्लिसनले दायाँ खुट्टाले बाइसाइकल किकमार्फत उत्कृगट गोल गरेका थिए।
सो खेलमा रिचार्लिसले २ गोल गर्दै ब्राजिललाई २–०को जित दिलाएका थिए। नोमिनेसशनमा परेका १० गोलमध्येबाट रिचार्लिसनको गोल उत्कृष्ट बनेको हो।
यस्तै, ब्राजिलकै नेमारले क्रोएसियाविरुद्ध अतिरिक्त समयमा गरेको सोलो गोल दोस्रो स्थानमा रह्यो। विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले गरोको दोस्रो गोल तेस्रो स्थानमा रह्यो।