पिएसजीलाई हराउँदै सिटीले रच्यो इतिहास, पुग्यो पहिलो पटक फाइनलमा

पेपा ग्लार्डिओलाको टिम म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा इतिहास रचेको छ। फ्रेन्च क्लब पिएसजीलाई सेमिफाइनलमा समग्रमा ४–१ ले पराजित गर्दै सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको हो।

माउरिसियो पोचेटिनोको टिमविरुद्ध ग्वार्डिओलाको टिम सिटीले दुवै लेगमा उत्कृष्ट प्रदर्शन ग¥यो । पहिलो लेगमा पिएसजीलाई उसकै मैदानमा २–१ले हराएको सिटीले मंगलबार राति भएको खेलमा आफ्नो मैदानमा २–०ले हरायो ।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन दुवै गोल रियाद महारेजले गरे । उनले दुवै हाफमा समान १ गोल गरे । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको ११ औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा महारेजले फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

एन्जल डि मारायले ६९औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजीले १० खेलाडीमा सीमित भयो ।

सन् २०१६ मा च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको सिटी पछिल्लो तीन सिजन क्वाटरफाइनलमा पराजित भएको थियो । टर्कीको इस्तानबुलमा हुने फाइनलमा सिटीले रियल मड्रिड र चेल्सीबीचको विजेतासँग खेल्ने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.