लेवान्डोस्कीले जिते गोल्डेन बुट

पोलिस स्ट्राइरक रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगाको गोल्डेनबुट तिजेका छन् । शनिबार राति भएको लिगको अन्तिम खेलमा वुल्भ्सवर्गविरुद्ध गोल गर्दै लोवान्डोस्की लिगको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की यो सिजन ३४ गोल गर्दै गोल्डेनबुटमा कब्जा जमाए । यो सिजन लेवान्डोस्कीले ३४ गोल गर्नुका साथे ४ असिस्ट पनि गरेका छन् ।

२८ गोल गरेका आरबी लेइपजिगका टिमो वार्नर दोस्रो स्थानमा रहँदा १७ गोल गरेका बोरुसिया टर्डमन्डका जागोन सान्चो तेस्रो स्थानमा रहे ।

लेवान्डोस्की लगातार तेस्रो वर्ष सर्वाधिक गोलकर्ता बनेका हुन् । योसँगे उनले पाचौं पटक बुन्डेसलिगाको सर्वाधिक गोलकर्ताका अवार्ड उचाले ।

उनी सर्वाधिक गोलकर्ता मात्र होइनन्, बुन्डेस लिगका प्लेयर अफ दी सिजन पनि हुन् । बायर्नलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका उनले सान्चो र काइ हाभेट्जलाई पछि पारोका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP