लेवान्डोस्कीले गरे गर्ड मुलरको कीर्तिमान बराबरी

बायर्न म्युनिखका पाेलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा ४९ वर्ष पुरानो कीर्तिमान बरारबी गरेका छन् ।

बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको फ्रेवर्गविरुद्धको खेलमा एक गोल गर्दै लेवान्डोस्कीले गर्ड मुलरको नामम रहेको ४९ वर्ष पुरानो लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन्।

यो सिजन लेवान्डोस्कीले लिगमा २८ खेल खेल्दै ४० गोल गर्दै मुलसले १९७२ राखेको कीर्तिमान बराबरी गरेका हुन्। लिगमा एक खेल बाँकी रहेकाले उनलाई याे कीर्तिमान ताेड्ने अवसर पनि छ ।

यसपल्ट लेवनडोस्कीले प्रत्येक ५८ मिनेटमा एक गोल गरेका छन् । उनले लिग च्याम्पियन भइसकेको बायर्नका पछिल्ला १९ खेलमध्ये १८ मा लगातार गोल गरेका छन् ।

यो सिजन लेवान्डोस्कीले युरोपियन गोल्डेन बुट पनि जित्ने छन्।

Facebook Comments Box