लेवान्डोस्की जर्मनीका सर्वोत्कृष्ट खेलाडी

वायर्न म्युनिखका पोलिस स्ट्रइकर रोबर्ट लेवान्डोस्की जर्मनीका वर्षका उत्कृष्ट फुटबल खेलाडी बनेका छन् । सहकर्मी थोमस मुलर र जोसुआ किमिचलाईपछि पार्दै लोवान्डोस्की वर्ष खेलाडी बनेका हुन् ।

जर्मनीका खेल पत्रकारहरुले गरेको मतको आधारमा वर्ष लेवान्डोस्की वर्ष खेलाडी बनेका हुन् । कुल ५२५ मतमा लेवान्डोस्कीले २७२ मत पाएका थिए । थोमस मुलर दोश्रो तथा जोसुआ किमिच तेश्रो भए ।

बायर्नलाई ट्रेबल जिताउन लेवान्डोस्कीको सबैभन्दा ठूलो भूमिका थियो । यो सिजन करियरको उत्कृष्ट फर्मममा रहेका लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका थिए । यो सिजन बायर्नले बुन्डेस लिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको थियो ।

लेवान्डोस्की यी तीनै प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि हुन् । यसअघि उनी बुन्डेस लिगाका पनि सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP