लाजियोमाथि बायर्नको सहज जित

डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ। मंगलबार खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई उसकै मैदानमा ४–१ ले हरायो।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लिरोए सानेले एक एक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे ।

नवौं मिनेटमा लेवान्डोस्कीको गोलमा बायर्नले सुरुवाती अग्रता लियो। यो गोलसँगै लेवान्डोस्की च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन्। उनले ७२ गोल गरेका छन् । उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी छन्।

२४ औं मिनेटमा १७ वर्षीय युवा खेलाडी जमलले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए। ४२औं मिनेटमा सानेले गोल गरेपछि पहिलो हाफमा बायर्न ३–० ले अघि रह्यो । ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गर्दा बायर्न ४–० को सहज अवस्थामा पुग्यो। ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काए पनि बायर्न ४–१ ले विजयी भयो ।

जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बायर्न र लाजियोबीचको दोस्रो लेग बायर्नको मैदानमा मार्च १७ मा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.