
बार्सिलोनाले दियो लेवान्डोस्कीलाई ९ नम्बरको जर्सी
Read Time:1 मिनेट
पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनाले ९ नम्बरको जर्सी दिएको छ। जर्मन क्लब बायर्न म्युनिखबाट ४२.५ मिलियन पाउण्डमा यसै सिजन क्लब आएका लेवान्डोस्कीलाई बार्सिलोन ९ नम्बरको जर्सी दिएको हो।
प्रिसिजनमा १२ नम्बरको जर्सी देखिएका लेवान्डोस्कीलाई बार्सिलोनाले क्याम्प नेउमा सर्वाजनिक गर्दा ९ नम्बरको जर्सी दिएको हो।
अघिल्लो सिजन बार्सिलोना ९ नम्बरको जर्सी डच स्ट्राइकर मेम्फिस डिपेले लगाएका थिए। लेवान्डोस्कीको आगमनसँगै बार्सिलोनामा डिपेको भविष्य संकटमा परेको छ। सम्भवत: उनले यही ट्रान्सफर विन्डोमा क्याम्प नाउ छाड्ने छन्।