लेवान्डोस्की बने स्ट्राइकर अफ दी इयर, चेल्सी उत्कृष्ट क्लब

Read Time:1 Minute

जर्मन क्लब बार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की स्ट्राइकर अफ दी इयर बनेका छन्। फ्रेन्च फुटबल म्यागेजिन र फ्रेन्च फुटबल एसोसिसनले संयुक्तरुपमा प्रदान गर्ने बालोन डि’ओर अर्वाड वितरण समारोहमा लेवान्डोस्कीलाई स्ट्राइकर अफ दी इयर अवर्डा दिइएको छ।

फ्रेन्च फुटबल म्यागेजिन र फ्रेन्च फुटबल एसोसिसनले यो पटकबाट बालोन डि’ओरसँगै अन्य चार अवार्ड पनि थपेको छ। उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा अवार्ड बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले जितेका छन् । उनले गत सातामात्र गोल्डेन बोइ अवार्ड पनि जितेका थिए।

यस्तै, उत्कृष्ट गोलकिपर पिएसजी तथा इटालियका जियानलुइजी डोनारुपमा भए । चेल्सीका इडवार्ड मेन्डीलाई पछि परेका डोनारुमाले यासिन ट्रफी प्राप्त गरे । ‘क्लब अफ दी इयर’ अवार्ड च्याम्पियन्स लिग विजेता चेल्सीले जित्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीले सातौं पटक जिते बालोन डि’ओर
Next post सन् २०२० को बालोन डि’ओर लेवान्डोस्कीलाई दिन मेसीको प्रस्ताव
Close