मेसी र सलाहलाई पछि पार्दै लेवान्डोस्की बने फिफा बेस्ट प्लेयर

Read Time:1 मिनेट

म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफाको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

पिएसजीका लियोनल मेसी र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड जितेका हुन् । ३३ वर्षीय लेवान्डोस्कीको यो लगातार दोस्रो बेष्ट अवार्ड हो ।

अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’

यसैगरी बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडी बनिन्। यस्तै, चेल्सीका थोमस टुचेल उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोलरक्षक बने।

विश्व फुटबल महासंघ ९फिफा० ले स्वीट्जरल्यान्डको जुरिचमा सोमबार राति आयोजित विशेष समारोहबीच खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय टिमको बन्द प्रशिक्षण मंगलबारबाट
Next post फिफाले दियो रोनाल्डोलाई स्पेसल अवार्ड
Close