उपाधि होडमा सिटीलाई दबाब दिँदै लिभरपुल

जर्गेन क्लोपको नेतृत्वमा रहेको लिभरपुलले बर्नेलीलाई पराजित गर्दै उपाधि होडमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई निरन्तर दबाब दिइरहेको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइबार राति भएको खेलमा घरेलु मैदन एनफिल्डमा बर्नेलीलाई ४–२ ले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानको सिटीसँगको दुरी १ अंकका झारेको छ र उसलाई उपाधि होडमा निरन्तार दबाब दिइरहेको छ ।

३० खेलमा ७४ अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा छ भने ७३ अंकका साथ लिभरपुल दोस्रो स्थानमा छ । यस्तै ६१ अंक जोडेको टोटनह्याम तेस्रो, ६० अंकका साथ आर्सनल चौथो र ५८ अंकक जोडेको म्यान्चेस्टर युनाइटेड पाचौं स्थानमा छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्ड सुरुवाती अग्रता भने बर्नेलीले लियो । उसका एस्ली वेस्टउडले छैठौं मिनेटमा गोल गर्दै घरेलु टोलीविरुद्ध बर्नेलीलाई अग्रता दिलाए । तर, १९औं मिनेटमा ब्राजिलियन स्ट्राइकर रोबर्टो फिर्मिन्होले गोल गदै खेललाई बराबरीमा ल्याए ।

घरेलु मैदानमा रोबर्टो फिर्मिन्हो र साडियो मानेले दुई दुई गोल गरेपछि लिभरपुलले पुनरागमन जित निकालेको हो । बर्नलीका एस्ले वेस्टउड र जोहन गुडमण्डसनले एक–एक गोल गरे ।

खेल बराबरीमा आएको १० मिनेटपछि साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा अग्रता दिलाए । पहिलो हाफमा २–१ को अग्रता लिएको लिभरपुलले ६७ औैं मिनेटमा ३–१ अग्रता बनायो । उसका फिर्मिन्होले गोल गरेका थिए ।

इन्जुर सयमको पहिलो मिनेमा जोहन बेर्ग गुइमुन्डसनले गोल गर्दै बर्नेलीलाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर, इन्जुरी समयकै तेस्रो मिनेटमा मानेले पुनः गोल गरेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा निकै आक्राक बनेको लिभरपुलले बर्नेलीको पोस्टमा २३ सट प्रहार गरेको थियो, जसमध्ये ५ सट टार्गेटमा थियो । यता, बर्नेलीले भने ३ मध्ये २ सट फ्रेममा प्रहार गरेको थियो ।

खेलमा लिभरपुल ६९ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले खेल अवधिभर ६४९ पास खेलेको थियो भने बर्नेलीले २८९ पास मात्र खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP