बेल्जियम टिम छाडेको ३८ दिनपछि मार्टिनेज बने पोर्चुगलको प्रशिक्षक

Read Time:1 Minute

पोर्चुगलले चर्चित प्रशिक्षक रोबर्टो मार्टिनेजलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। बेल्जियमका पूर्वप्रशिक्षक मार्टिनेजले फर्नान्डो सान्तोषको स्थान लिने छन्।

कतार विश्कपपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि प्रशिक्षक फर्नान्डो सान्तोषले राजिनामा दिएका थिए। पोर्चुगल फुटबल फेडेरेनले मार्टिनेजलाई सोमबार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

४९ वर्षका स्पेनिस प्रशिक्षक मार्टिनेजसँग क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबल दुवैमा राम्रो अनुभव छ । ६ वर्ष बेल्जियमको प्रशिक्षक बनेका उनले बेल्जियमलाई विश्वकपमा सेमिफाइनलसम्म पुर्‍याएको थिए । कतार विश्वकपमा भने उनको टिम बेलिज्यम समूह चरणबाटै बाहिरिएको थियो । लगत्तै उनले बेल्जियम टिम छाडेका थिए।

२०१६ मा बेल्जियमको राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका मार्टिनेजकै प्रशिक्षणकालमा बेल्जियम सन् २०१८ मा विश्व वरीयताको शीर्ष स्थानमा पुगेको थियो ।

मार्टिनेजले इंग्लिस क्लब चेल्सी र एभर्टनको मुख्य प्रशिक्षकका रुपमा काम गरेका छन्।

Happy
Happy
73 %
Sad
Sad
3 %
Excited
Excited
3 %
Sleepy
Sleepy
3 %
Angry
Angry
3 %
Surprise
Surprise
15 %
Previous post साउदीमा रोनाल्डोले डेब्यूमै मेसीविरुद्ध खेल्ने
Next post लोरिसले लिए अन्तर्राष्ट्रिय फुटलबाट सन्न्यास
Close