रोहित अब २ वर्ष पेर्सिजामै

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको ए डिभिजन क्लब पेर्सिजा जाकर्तासँग सम्झौता नवीकरण गरेका छन् । सम्झौतासँगै उनी सन् २०२१ सम्म पेर्सिजामा रहेन छन् ।

सन् २०१३ देखि लागतार इन्डोनेसियन लिग खेलिरहेका रोहितले बुधबार पेर्सिजासँग २ वर्षको औपचारिक सम्झौता गरेका हुन् । रोहित सन् २०१४ बाट लागतार पेसिर्जाबाटै इन्डोनेसियन लिग खेल्दै आएका छन् ।

२ वर्षको औपचारिक सम्झौता गरेपनि रोहितलाई इन्डोनेसियाभन्दा बाहिरबाट राम्रो प्रस्ताव आएमा भने पेर्सिजाले उनलाई रिलिज गर्ने शर्तमा सम्झौता भएको रोहितका दाइ रोबिनले जानकारी दिएका छन् । क्लबसँगको मौखिक सहमतिपछि रोहित अघिल्लो सातादेखि नै पेर्सिजाबाट अभ्यास पनि थालिसकेका थिए ।

रोहितले सन् २०१३ इन्डोनेसियन लिग पिएसपिएस पेकनबारुबाट खेलेका थिए । सन् २०१३मा उनी पेर्सिजामा आबद्ध भएका थिए । त्यसपछिका दुई सिजन उनी घाइते भए र इन्डोनेसियन लिग गुमाएका थिए । सन् २०१७ बाट भने लागतार रोहित पेर्सिजाबाटै खेलिरहेका छन् । सन् २०१८ मा पेर्सिजाले लिग जित्दा, रोहित टिमका प्रमुख खेलाडी थिए । रोहित प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत बनेका थिए ।

रोहितले मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दीबाट पनि सहिद स्मारक ए डिभिजन लिग खेलेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.