नेपाल आइपुगे रोहित चन्द

नेपाली राष्ट्रिय टिमको स्टार मिडफिल्डर रोहित चन्द स्वदेश फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण इन्डोनेसियन लिग अनिश्चितकालका लागि स्थागित भएपछि रोहित नेपाल फर्किएका हुन् ।

लिग स्थागित भएपनि लकडाउनका कारण रोहित इन्डोनेसियामै थिए । रोकिएको इन्डोनेसियन लिग सुरु हुने टुंगो नभएपछि रोहित नेपाल फर्किएका हुन् । रोहित मलेसिया हुँदै नेपाल आएको बताइएको छ ।

कोरोनाका कराण इन्डोनेसियाको लिग वान गत मार्चमा स्थगित भएको थियो । रोहित लागतार पाचौं पर्सिजा जकार्ताबाट लिग वान खेलिरहेका छन् ।

नेपाल आए लगत्तै रोहित होम क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण अहिले नेपालमा पनि सम्पूर्ण खेलकुद गतिविधि ठप्प छ । कोरोना महामारीबीच एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण जुलाई दोस्रो साताबाट सुरु गर्ने तयारी गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.