युरोपा लिगको उपाधि भीडन्त आज राति हुँदैछ। स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमाबीचको फाइनल हंगेरीको बुडास्पेटस्थित पुस्कार एरिनामा राति १२ः४५ बजे हुनेछ।
सेभिया युरोपा लिगको सर्वाधिक सफल टिम हो । उसले ६ पटक युरोपा लिग उपाधि जितेको छ।
तर, फाइनलमा सेभिया फेभरेट भएपनि उसलाई युरोपकै सफल र अनुभवी प्रशिक्षक जोसे माउरिन्होलाई पखा लगाउनु निकै कठीन हुन्। माउरिन्होले अहिलेसम्म युईएफएका कुनै पनि क्लब फुटबल प्रतियोगिताको फाइनल गुमाएका छैनन।
अघिल्लो पटक रोमालाई पहिलो पटक युईएफको क्लब फुटबल उपाधिका रुपमा कन्फ्रेन्स लिग उपाधि दिलाएका माउरिन्हो युरोपा लिग उपाधि दिलाउँदै रोमालाई च्याम्पियन्स लिगम पु¥याउने योजनामा छन्।

यदि यस्तो हुनसके माउरिन्हो तीन फरक क्लबलाई युरोपा लिग उपाधि दिलाउने पहिलो प्रशिक्षक बन्ने छन्। यसअघि उनले च्यान्चेस्टर युनाइटेड र एफसी पोर्टोलाई युरोपा लिग दिलाएका छन्।
माउरिन्होले युईएफएका सबै क्लबफुटबल प्रतियोगिताको उपाधि जितेका छन्। उनले समान २ च्याम्पियन्स लिग र युरोपा लिग तथा १ कन्फ्रेन्स लिग उपाधि जितेका छन्।
यदि आज सेभियालाई पराजित गरे मोरिन्हो तीन फरक क्लबबाट युरोपा जित्ने पहिलो प्रशिक्षक बन्नेछन् । दुवै टिमका लागि अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुने यो सुनौलो अवसर हो ।
रोमाका फरवार्ड पाउलो डिबालाले आजको फाइनल गुमाउने सम्भावना छ । उनी अझै पनि पूर्ण रुपमा फिट भइसकेका छैनन्।