लुकाकु र सान्चेजको गोलमा इन्टर विजयी

म्यान्चेस्टर युनाईटेडका दुई पूर्वखलाडी रोमेलु लुकाकु र एलेक्सिस सान्चेजले गोल गरेपछि इटालियन सिरि एमा इन्टर मिलान विजयी भएको छ । शनिबार राति भएएको खेलमा लुकाकुले दुई तथा सान्चेजले एक गोल गरेपछि इन्टरले जेनोआलाई उसकै मैदानमा ३–०ले हरायो ।

खेलको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफमा इन्टरले थप २ गोल गर्‍यो । सान्चेजले ८३औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । इन्जुरी टाइमा लुकाकुले गोल थपेपछि इन्टरले ३–०को सहज जित हात पारेको हो ।

जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ । उसको ३६ खेलबाट ७६ अंक जोडेको छ । उसले एटलान्टालाई १ अंकलेपछि पारेको छ । एक खेल कम खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा छ ।

लगातार नवौं पटक सिरी ए उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्स उपाधि जित्न अब एक खेल टाढा छ । आज राति हुने खेलमा साम्पडोरियालाई पराजित गर्न सकेन युभेन्ट्स च्याम्पियन बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP